फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको विनाशकारी भूकम्पबाट प्रभावित तिब्बतको प्रकोपग्रस्त क्षेत्रको आबास पुनःनिर्माण कार्य 90 प्रतिशत पूरा

(GMT+08:00) 2017-04-25 17:35:03

दुई वर्षअगाडि नेपालमा 8.1 रेक्टर स्केलको भयङ्कर भूकम्प गएको थियो। भूकम्पबाट ठूलो क्षति भएको थियो। चीनको तिब्बतको दक्षिणी भागका धेरै क्षेत्रहरूमा पनि गम्भीर क्षति पुगेको थियो। नेपालको भूकम्पको दुई वर्ष पुग्दा तिब्बतका लागि सी.आर.आई.का पत्रकारले पुनःनिर्माण अवस्थाबारे जानकारी लिनका लागि तिब्बतको सिगाचे शहरका केरुङ क्षेत्र लगायत प्रकोपग्रस्त क्षेत्रमा पुगेका छन्। हाल प्रकोपग्रस्त प्रायजसो वासिन्दाहरू नयाँ आबासतर्फ सारेका छन्। पुनःनिर्माण कार्य पनि सुचारु रुपमा चलिरहेको छ।

हाल तिब्बत स्वायत्त प्रदेशको सिगाचे शहरको केरुङ जिल्लामा "अप्रिल 25" भूकम्प गएको दोश्रो वार्षिकीमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिँदैछ। तत्स्थलमा नाचगान देखाइएको र मुस्कान सहितको आवाज सुनिएको छ। यो साँस्कृतिक कार्यक्रममा सहभागी ता मान गाउँका वासिन्दा बासाङ भन्छन् :"भूकम्प गएको बेला चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत हाम्रो गाउँ समितिका सदस्यहरूले आफ्नो खतरा वेवस्ता गरी वृद्धवृद्धा र बच्चाको उद्धार गरेका थिए। हाम्रो गाउँमा कुनै पनि व्यक्ति घाइते भएनन्। आज हामी यो साँस्कृतिक कार्यक्रममा स्वतस्फूर्त सहभागी भयौं। हामी चिनियाँ कम्युनिष्ट पार्टीप्रति आभारी छौं।"

सन् 2015 अप्रिल महिनाको 25 तारिख नेपालमा 8.1 रेक्टर स्केलको भयङ्कर भूकम्प गएको थियो। यो भूकम्पबाट सिगाचे शहरका अठार वटा जिल्ला र तीन लाख जना प्रभावित भएका थिए। केरुङ प्रकोपग्रस्त क्षेत्रहरूमध्येको एक हो। केरुङ जिल्लाका प्रमुख हु हुङ भन्छन्"प्रकोपपछिको पुनःनिर्माण कार्यमध्ये आबासको पुनःनिर्माण 90 प्रतिशतभन्दा बढी पूरा भएको छ। अरु आधारभूत प्रबन्धको निर्माण कार्य पनि अगाडि बढिरहेको छ। हरेक गाउँका फरक फरक विशेषता छन्। पुनःनिर्माण कार्यमा पानी, विजुली, सडक, सञ्चार आदि प्रबन्धलाई महत्व दिइएको छ। वासिन्दाहरूले पहिलेभन्दा अझै सुखमय जीवन बिताउन पाएका छन्।"

केरुङ सिगाचे क्षेत्रको सिमावर्ती जिल्ला हो। केरुङ जिल्लाका सानो गाउँ——नाइ गाउँ पर्यटकले हिमालयको अवलोकन गर्ने र अस्ताउने सूर्य हेर्ने उत्तम ठाउँहरूमध्येको एक हो। भूकम्प गएपछि नाइ गाउँका वासिन्दा निमा वाङत्वै र गाउँका अरू वासिन्दाका आबासहरू खतरामा परेपछि नयाँ आबासको निर्माण गर्नु, होम्स्टे खोल्नु गाउँको सबैभन्दा ठूलो कार्य बन्यो। निमा वाङत्वै भन्छन् "हाल हाम्रो गाउँले सडकको निर्माण गर्दैछ। आगामी दिन हाम्रो गाउँ आउने पर्यटकहरू अझै धेरै हुने छन्। हाम्रो जीवन पनि अझै राम्रो हुने छ।"

निमा वाङत्वैको परिवारका जम्मा तेह्र जनाको नयाँ आबासको निर्माणमा सरकारले तीन लाख साठी हजार चिनियाँ युआन भत्ता दिएको छ। निमा परिवारका सदस्यहरू भविश्यप्रति आशावादी छन्। केरुङ जिल्लाको पर्यटन व्यूरोका प्रमुख छिसाङ भन्छन् "प्रकोपपछिको पुनःनिर्माण मिलाएर हामीले पर्यटनका लागि आधारभूत प्रबन्धको निर्माण परियोजना प्रस्तुत गरेका छौं। पर्यटन जोड किसान उद्योग-व्यवसाय गरी तीन पक्षीय सहयोगी ढाँचा हामीले लागू गरेका छौं।"

सिगाचे शहरको साङचुचि क्षेत्रको छङ पै शिशु विद्यालयका पाँच वर्षीय तान्चन् पाइमू र खासा बस्तीका बालबालिकाले पढ्दैछन्। यो शिशु विद्यालय सिगाचे शहरले खासा बस्तीको प्रकोपग्रस्त वासिन्दाका लागि खोलिदिएको हो।

बच्चाहरूले शिशु विद्यालयमा सिकिरहेका छन्। उनीहरूका अभिभावकले खासा शपिङ पसलमा व्यापार गर्दछन्। खासा बस्तीको खासा गाउँका वासिन्दा चोमा छिरन भन्छन् "हाल हरेक महिना मेरो दश - बीस हजार चिनियाँ युआनको आम्दानी छ। जीवन पनि विस्तारै सुध्रिएको छ। भविश्यमा जीवन अझै राम्रो हुने विश्वास मैले लिएको छु।"

 

जानकारी तथा लेखहरु