फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानमा अफीम चीनको बीउबाट उत्पादन भएको गलत भनार्इप्रति चीनको प्रतिक्रिया

(GMT+08:00) 2017-04-25 18:32:56

अफ्गानिस्तानमा चीनको नयाँ बीउ प्रयोग गरी अफीमको उत्पादित मात्रा धेरै बढेको अमेरिकी मिडियाको भनार्इ रहेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले उक्त आरोपको खण्डन गर्नुका साथै सत्यतथ्यसँग मेल नभएको बताउनुभएको छ।

अमेरिकी सीएनबीसीका अनुसार, सन् 2016 मा अफ्गानिस्तानको अफीम उत्पादित मात्रा सन् 2015को तुलनामा 43 प्रतिशतले बढेको छ। चीनको नयाँ ट्रान्सजेनिक अफीम बीउको प्रयोगबाट यति धेरै अनुपातमा बढेको संयुक्त राष्ट्र संघीय लागूपदार्थ तथा अपराध विषयक कार्यालयका अधिकारीको विचार रहेको पनि सीएनबीसीले जनाएको छ। आज २५ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा त्यससम्बन्धी पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो।

उहाँले चीनले कहिले पनि अफ्गानिस्तानलाई अफीम उत्पादन वस्तु निर्यात नगरेको र कुनै पनि तथाकथित ट्रान्सजेनिक अफीम नफलाएको पनि दोहोर्‍याउनुभयो। उहाँले लागूपदार्थ अपराध र अवैध अफीम रोपणलाई प्रहार गर्न चीन सरकार अडिग रहेको भन्दै चीनले अफ्गानिस्तान तथा क्षेत्रीय मुलुकसँग निरन्तर रुपमा लागूपदार्थ निषेध गर्न गहन कदम चाली चीन, अफ्गानिस्तान तथा क्षेत्रीय जनताको स्वस्थ जीवन तथा वातावरणको संरक्षण गर्ने व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु