फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा सरकार विरोधी सशस्त्र शक्तिद्वारा सेनामाथि आक्रमण चौब्बीसको मृत्यु

(GMT+08:00) 2017-04-25 18:33:18

भारतीय प्रहरीका अनुसार, अप्रिल चौबीस तारिख भारतीय नक्सलवादी सरकार विरोधी सशस्त्र शक्तिले छत्तिसगढ राज्यमा सेनामाथि आक्रमण गरेको छ जसबाट कम्तिमा चौबीस जनाको मृत्यु हुनुका साथै छ जना गम्भीर घाइते भएका छन्।

बताएअनुसार, स्थानीय समय दिउँसो एक बजे उक्त घटना भएको थियो र दुई पक्षबीच केही घण्टासम्म दोहोरो भिडन्त भएको थियो। नक्सलवादी सशस्त्र शक्तिका करिब तीन सय जना उक्त आक्रमणमा संलग्न भएका थिए तर तिनीहरूको मानव क्षतिबारे जनाइएको छैन।

भारतीय मिडियाका अनुसार, भारत सरकारले सो क्षेत्रमा थप सेना पठाइसकेको छ। त्यस लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा कडा निन्दा व्यक्त गर्दै शहादत सेनाको मृत्यु व्यर्थ नजाने बताउनुभएको छ।

जानकारी तथा लेखहरु