फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पशुपंक्षी महामारी रोगको नियन्त्रण तथा प्रतिरोध कार्यमा स्पष्ट प्रगति - विश्व पशु स्वास्थ्य संगठनको मूल्याङ्कन

(GMT+08:00) 2017-04-25 18:46:39

 विश्व पशु स्वास्थ्य संगठनका महा प्रबन्धक मोनिक एलोइटले चीनको पशुपंक्षी महामारी रोगको नियन्त्रण तथा प्रतिरोध गर्ने क्षमता बढिरहेको र साथै सूचनाको पारदर्शिता पनि उकासिएको बताउनुभएको छ।

उहाँले पैचिङमा आयोजित एक कार्यक्रममा पंक्षी इन्फ्लुएन्जाको नियन्त्रण गर्न निकै गाह्रो हुने तर चीनले त्यसको चौतर्फी रुपमा तयारी गरेको बताउँदै विशेष गरी जीवित पशुपंक्षीको व्यवस्थापन गरेर महामारी रोगको स्रोतको राम्रोसँग नियन्त्रण गरेको बताउनुभयो।

एलोइटका अनुसार, चीनले अन्तर्राष्ट्रिय पशुपंक्षी महामारी रोगको नियन्त्रण तथा प्रतिरोध कार्यमा सक्रिय रुपमा सहभागी भइ विदेशी संघसंस्था तथा अरू मुलुकसँग सम्बन्धित अवस्था बारे जानकारी आदान-प्रदान बढाएको छ जसबाट जरादेखि नै नियन्त्रण गर्न फाइदा पुग्नेछ।

जानकारी तथा लेखहरु