फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन सैन्य अभ्यास 'सगरमाथा मैत्रीपूर्ण–२०१७'सम्पन्न

(GMT+08:00) 2017-04-26 18:31:38

नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास मंगलबार सकिएको छ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको विशेष फौजबीच प्रतिआतंकवाद कारवाहीसम्बन्धी अनुभव आदान–प्रदान गर्न पहिलोपटक संयुक्त सैन्य अभ्यास भएको हो। वैशाख ३ मा सुरु भएको अभ्यासमा दुवै मुलुकका करिब २/२ दर्जन सैनिक सहभागी रहेको र्इकान्तिपुरले लेखेको छ।

'सगरमाथा मैत्रीपूर्ण–२०१७'नाम दिइएको उक्त अभ्यास महाराजगन्जस्थित सैनिक ब्यारेकमा भएको थियो। संयुक्त प्रदर्शन गरेको होस्टेज रेस्क्युमा आधारित प्रतिआतंकवादसम्बन्धी कारवाहीहरुको प्रधानसेनापति राजेन्द्र क्षत्री तथा नेपालका लागि चिनियाँ राजदुत यु होङ ले अवलोकन गरेका थिए।

संयुक्त सैन्य तालिमको निरीक्षकका रुपमा आएका चिनियाँ जनमुक्ति सेनाका मेजर जनरल ज्हाङ्ग जिअन्गाङ्गले मंगलबार समापन समारोहलाई सम्बोधन गर्दै यस्ता तालिमले दुई पक्षीय सैनिक सम्बन्ध अझ सुमधुर पार्न सघाउने बताए। उनले दुई देशको सम्बन्धमा समेत यसले नयाँ आयाम थपेको बताएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

रथी बलदेवराज महतले संयुक्त सैन्य अभ्यासले दुवै देशका विशेष फौजको प्रतिआतंकवाद कारवाही सम्बन्धी अनुभव आदान–प्रदानका साथै चुनौती सामना गर्न थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।

जानकारी तथा लेखहरु