फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विनाशकारी भूकम्पको दोस्रो वर्षमा हङकङका चिकित्सकद्वारा काठमाण्डौंमा निःशुल्क उपचार

(GMT+08:00) 2017-04-26 18:32:32

यसै अप्रिल 25तारिख नेपालमा विनाशकारी भूकम्प गएको दुई वर्ष भयो। चीनको हङकङ क्षेत्रबाट आएका चिकित्सक र नेपाल-चीन अस्पतालले संयुक्त रूपमा राजधानी काठमाण्डौंमा निःशुल्क उपचार सेवा दिएको छ। तिब्बती जातीय सर्वसाधारण तथा भिक्षु लगायत स्थानीय नागरिकलाई सेवा दिने हेतुले सञ्चालित यस निःशुल्क उपचार कार्यकम अप्रिल 28 तारिखसम्म चल्ने छ।

सन् 2015 अप्रिल 25 तारिख नेपालको मध्य क्षेत्रमा 8.1 रेक्टर स्केलको भूकम्प गएको थियो। सरकारी तथ्याङ्कबमोजिम यस विनाशकारी भूकम्पबाट 9053 जनाको मृत्यु हुनुका साथै 23हजारभन्दा बढी मानिस घाइते भएका थिए। यस महिनाको प्रारम्भिक अवधिसम्म भूकम्पमा परी ध्वस्त भएका 628 वटा चिकित्सा संस्थामध्ये 26प्रतिशत मात्रैको पुनःनिर्माण कार्य पूरा भएका छन्। यस अवस्थामा चीनबाट आएको निःशुल्क उपचार टोलीले स्थानीय नागरिकका लागि धेरै चिकित्सा प्रत्याभूति निर्वाह गरेको देखिन्छ।

जानकारी तथा लेखहरु