फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तिब्बती थाङ्का प्रदर्शनी नेपालमा

(GMT+08:00) 2017-04-26 18:33:01

चीनको तिब्बती टासिदेलेक थाङ्का तथा फोटोग्राफी प्रदर्शनी अप्रिल छब्बीस तारिख नेपालको पाटन संग्रहालयमा आयोजना भएको छ।

सो प्रदर्शनीमा तीस वटा उत्कृष्ठ थाङ्का र तीस वटै उत्कृष्ठ फोटोग्राफी प्रदर्शन गरिएको र तीमध्ये धेरै जसो थाङ्का राष्ट्रिय स्तरीय अमूर्त साँस्कृतिक सम्पदाको प्रतिनिधि उत्तराधिकारी लोपुस्दाले बनाउनुभएको हो।

नेपालका लागि चीनका राजदूत यु होङले यस प्रदर्शनीबाट चीन र नेपालका थाङ्का कलाकारलाई आदान-प्रदान गर्ने मञ्च प्रदान गरिएको भन्दै दुई देशको लोककला क्षेत्रबीचको आदान-प्रदानमा पनि एक अवसर प्रदान गरिएको बताउनुभयो। साथै उहाँले प्रदर्शनीबाट उत्कृष्ठ तिब्बती परम्परागत सँस्कृतिको संरक्षणमा चीन सरकारले पाएको उपलब्धि पनि देखिएको बताउनुभयो।

नेपाली सूचना तथा संचार मन्त्री सुरेन्द्र बाबु कार्कीले नेपाली सर्वसाधारणले यस प्रदर्शनबाट तिब्बतको अरु थप कुरा बुझेर दुई देशबीच आर्थिक तथा साँस्कृतिक व्यावहारिक सहयोगलाई बढाउने आशा आफूले लिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु