फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरिया सम्बन्धमा परराष्ट्र मन्त्रालयको भनाइ

(GMT+08:00) 2017-04-26 18:33:59

अप्रिल 25 तारिख उत्तर कोरियाको सेना दिवस हो। सम्बन्धित् विभिन्न पक्षले यसै अवसर पारेर उत्तर कोरियाले छैठौं आणविक परिक्षण गर्ने अनुमान गरेका छन्।

यसप्रति चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले हिजो 25तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उत्तर कोरियाले उक्त दिन कुनै आणविक परिक्षण नगरेको पुष्टि गर्नुभएको छ।

उहाँका अनुसार चीन र कोरियाले सधैं सामान्य आदानप्रदानलाई कायम राख्दै आएको छ। कोरियाली प्रायद्विपको आणविक समस्यामा चीनले "तीन द्दढता" लिँदै जाने छ।

यी तीन द्दढता भनेको वार्तामार्फत समस्याको समाधान गर्नु, कोरियाली प्रायद्विपलाई आणविक हतियाररहित बनाउनु, कोरियाली प्रायद्विपको शान्ति तथा स्थिरताको संरक्षण गर्नु हुन्।

साथै चीनले सम्बन्धित विभिन्न पक्षलार्इ संयम कायम राख्दै वर्तमान परिस्थितिलाई तनावपूर्ण बनाउने गतिविधि नगर्न ताकिता गरेको छ।

जानकारी तथा लेखहरु