फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानको चीन साँस्कृतिक केन्द्र सञ्चालन

(GMT+08:00) 2017-04-26 18:47:21

पाकिस्तानको चीन साँस्कृतिक केन्द्र अप्रिल पच्चीस तारिखदेखि सञ्चालनमा आएको छ। पाकिस्तानी समाचार तथा रेडियो मन्त्री मार्याम ओरेङ्गजेब, पाकिस्तान राष्ट्रिय कला समितिका प्रमुख जमाल शाह, पाकिस्तानका लागि चीनका राजदूत सोन वी तुङलगायतका अतिथिहरु सो कार्यक्रममा सहभागी हुनुभएको छ।

मन्त्री ओरेङ्गजेबले सम्बोधन गर्दै चीन साँस्कृतिक केन्द्रले पाकिस्तानी युवालाई चिनियाँ सँस्कृतिबारे बुझ्ने मौका प्रदान गरेको व्यक्त गर्नुभयो। उहाँले पाकिस्तान र चीनबीचको साँस्कृतिक आदान-प्रदान र मित्रता अझ बढ्ने र चीन-पाकिस्तान आर्थिक करिडोरको अरु विकास हुने आशा आफूले लिएको बताउनुभयो।

राजदूत सोन वी तुङले चीन साँस्कृतिक केन्द्र ‌औपचारिक रुपमा सञ्चालन भएबाट दुई पक्षबीचको मित्रतामा नयाँ आयाम थपिएको र उक्त केन्द्र एकआपसबीच सभ्यता तथा लोक आदान-प्रदान हुने झ्याल हुने बताउनुभयो। चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माण र चीन-पाकिस्तान भाग्य समुदायको स्थापना गर्ने प्रकृयामा दुई देशबीचको मानव आदान-प्रदानले अझ महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफ्नो विश्वास रहेको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु