फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हराइरहेका दुई ताइवानी पर्यटक भेटिए, एक मृत फेला

(GMT+08:00) 2017-04-27 17:57:20

गत फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक बुधबार खोजी दलले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा फेला पारेको छ। लामो समयको खोजीपछि खोंचमा खसेर एकजना बेहोस भएको अवस्थामा ५५ दिन पछि जिवितै उद्धार गरिएको थियो र अर्का एक जना मृत अवस्थामा फेला परेको थियो।

२१ वर्षीय लाइङ सिङ युन अचेत अवस्थामा फेला परेको र १९ वर्षीया लिउ चेन चुनको निधन भएको सेतोपाटीले लेखेको छ। बुधबार बिहान रुबीभ्यालीअन्तर्गत पाल्दोर पिक जाने बाटोमा पर्ने नार्चेत खोलाको किनारमा महिला ताइवानी पर्यटक लिउको शव भेटेको थियो।

उनीहरु बिना पथप्रदर्शक लाङटाङ क्षेत्रमा पदयात्रामा गएका थिए। एसियन ट्रेकिङ प्रालिमार्फत सदरमुकाम हुँदै फागुन २५ गते तिप्लिङको सो क्षेत्रमा पुगेको र होम स्टेमा बास बसेका उनीहरु हिमपात भइरहेको अवस्थामा निस्किएको बताइएको छ।

नेपाल घुम्न आएका यि ताइवनी जोडी फागुन २० गते देखि धादिङको तिप्लीङ क्षेत्रबाट परिवारसँग सम्पर्क पछि वेपत्ता बनेका थिए।

वेपत्ता भएको ५५ दिन पछि बुधबार धादिङको रुवीभ्याली स्थित एक खोला किनारको ओडारमा स्थानीयहरुले फेला पारेका हो। परिवार र ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओडारमा बसेको अवस्थामा युवकलाई गम्भिर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारे पछि एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेका थिए।

जानकारी तथा लेखहरु