फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज राष्ट्रिय चिया दिवस

(GMT+08:00) 2017-04-28 16:47:19

'नेपालको अर्थतन्त्रमा योगदान गर्नका लागि, चिया उद्योगको रक्षा र विकास गरौँ' भन्ने मूल नाराका साथ आज शुक्रबार २० औं राष्ट्रिय चिया दिवस मनाइदैँछ। करिब १ सय ५० वर्षअघिबाट सुरु भएको चिया खेती हाल २८ हजार क्षेत्रफलमा विस्तार भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ।

तथ्यांक अनुसार आ.व.२०७२/७३ मा १ करोड ८४ लाख केजी सिटिसि तथा ५८ लाख के.जि अर्थोडक्स गरी २ करोड ४२ लाख केजी तयारी चिया उत्पादन भएको थियो भने २ अर्ब ४० लाख रुपैयाँ बराबारको १३,२८९ मे.ट चिया निर्यात भएको सेतोपाटीले लेखेको छ।

वि.सं १९२० देखि चिया खेतिको सुरुवात भएपनि वि.सं. २०२३ सालमा मात्र उत्पादनमा वृद्धि तथा व्यवसायिक प्रवद्धनकालागि भन्दै नेपाल चिया विकास निगमको स्थापना भएको थियो। तत्कालिन राजा विरेन्द्रले वि.सं. २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्र घोषणा गरे पश्चात चिया विस्तारमा उल्लेखनिय प्रगति भएको सरोकारवालाहरुको भनाइ छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाए अनुसार हाल कुल क्षेत्रफल मध्ये १२ हजार ९ सय ५६ हेक्टरमा साना किसान तर्फको खेती विस्तार भएको छ भने साना चिया किसानहरुको संख्या करिब १५ हजार पुगेको छ। हाल तराईमा २७ वटा सिटिसी चिया प्रशोधन केन्द्र, पहाडमा २८ वटा ठूला तथा मझौला अर्थोडक्स चिया प्रशोधन केन्द्र र ६५ वटा लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा छन्।

हाल देशभरीका चिया उद्योगमा करिब ६० हजार श्रमिकहरु प्रत्यक्ष रोजगारी पाएका छन्। चिया तथा कफी विकास बोर्डकाअनुसार आर्थिक वर्ष २०६७/६८ मा १ अर्ब ५४ करोड रुपैंयाँ बराबरको चिया निर्यात भएको थियो।

त्यस्तै, २०६८/६९ मा १ अर्ब ६२ करोड, २०६९/७० मा २ अर्ब ४ करोड, २०७०/७१ मा २ अर्ब ४ करोड, २०७१/७२ मा २ अर्ब बराबरको चिया विदेश निर्यात भएको थियो। चियाको उत्पादन तथा निर्यात बढदै गएपनि नेपाली चिया क्षेत्रमा समस्या पनि यथावत रहेका छन्।

चिया खेतीको विकास, अनुसन्धान, खुल्ला व्यापारको लागि अक्सन केन्द्र तथा सामूहिक ट्रेडमार्क नहुँदा व्यवसायिक विकास सन्तोषजनक हुननसकेको व्यवसायीहरुको भनाइ छ।

जानकारी तथा लेखहरु