फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोजगारीका लागि एक वर्षमा ६ लाख ३० हजार विदेशिए

(GMT+08:00) 2017-04-28 16:48:09

वैदेशिक रोजगारीका लागि २०७३ सालमा ६ लाख ३० हजार भन्दाबढी युवा विश्वका विभिन्न मुलुकमा पुगेका छन्। देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा कामका लागि विदेश जाने युवाको संख्या यती धेरै भएको हो। तर, यो संख्या २०७२ भन्दा १५ प्रतिशतले कम भएको अन्नपूर्णपोस्टले लेखेको छ।

सरकारले रोजगारीका लागि एक सय १० भन्दा बढी मुलुक खुला गरेको छ। अन्य मुलुकको तुलनामा कतार जाने बढी देखिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा बढी कतार, दोस्रोमा साउदी अरब र तेस्रो स्थानमा मलेसिया गएका छन्।

२०७२ सालको विनाशकारी भूकम्प र श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको मलेसियासहित खाडी मुलुकमा न्यूनतम लागतको निर्णयले निरन्तर ओरालो लागिरहेको वैदेशिक रोजगार अझै लयमा फर्कन नसकेको जनाइएको छ। वैदेशिक रोजगारमा जानेको संख्या घटेसँगै देशले प्राप्त गर्दै आएको रेमिटेन्स रकमको वृद्धिदरसमेत ओरालो लागेको छ।

जानकारी तथा लेखहरु