फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा पाकिस्तानमा हजारौं "चिनियाँ हँसिलो अनुहार" कार्डको प्रदर्शन

(GMT+08:00) 2017-04-28 16:48:54

चिनियाँ रेडक्रस सोसाइटी अन्तर्गत "रेशमी मार्ग पो आइ कोष" मातहतको चीन-पाकिस्तान पो आइ चिकित्सा जरुरी उद्धार केन्द्र आगामी मे महिनाको आरम्भमा पाकिस्तानको ग्वाडर बन्दरगाहमा स्थापना गरिने भएको छ। त्यस अवसरमा हजारौं "चिनियाँ हँसिलो अनुहार" कार्डको पनि प्रदर्शन गरिने जानकारी हाम्रा सिआरआई सम्वाददाताले चिनियाँ रेडक्रसबाट प्राप्त गरेका छन्।

यसै वर्षको फेब्रअरी महिनामा चिनियाँ रेडक्रसले "रेशमी मार्ग पो आइ कोष"को स्थापना गरेको थियो। "चीन-पाकिस्तान जरुरी उद्धार करिडोर र मुटु रोग सहायता योजना" भन्ने त्यस कोषको एक मुख्य विषय रहेको छ।

प्राप्त जानकारी अनुसार, आगामी मे आठ तारिख विश्व रेडक्रस र रेड क्रेसन्ट गतिबिधी दिवस हुनुका साथै विश्व हाँसो दिवस पनि हो। त्यस उपलक्ष्यमा चिनियाँ रेडक्रसले मुस्कानलाई विश्व आरपार गर्नसकिने भाषाको रूपमा लिएर चीन र पाकिस्तान दुवै देशका जनता बीचको मित्रतालाई प्रबर्द्धन गर्ने आशा गरेको छ। त्यस अवसरमा चिनियाँ रेडक्रेसले मुस्कानको माया-----मुस्कानलाई विश्वसमक्ष प्रदान गरौं शीर्षकको गतिबिधि आयोजना गर्ने पनि बताइएको छ।

जानकारी तथा लेखहरु