फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपको आणविक समस्या सम्बन्धी मन्त्रीस्तरीय खुला सम्मेलन आयोजना हुने

(GMT+08:00) 2017-04-28 18:47:01

चीनका परराष्ट्र मन्त्री वाङ यी न्यूयोर्कमा आयोजना हुनलागेको संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को कोरियाली प्रायद्वीपको आणविक समस्या सम्बन्धी मन्त्रीस्तरीय खुला सम्मेलनमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज शुक्रबार पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो बारे जानकारी दिँदै सुरक्षा परिषद्ले खुला सम्मेलनको आयोजना गरी मुख्यत: वर्तमान तनावपूर्ण परिस्थितिलाई कसरी शान्त पार्ने विषयबारे विचार-विमर्श गर्ने बताउनुभएको छ।

प्रवक्ता कङका अनुसार, हाल कोरियाली प्रायद्वीपको परिस्थिति निकै जटिल, संवेदनशील र उच्च तनावपूर्ण रहेको देखिन्छ। यस खुला सम्मेलनमा विभिन्न पक्षहरूसित गहन रुपमा वैचारिक आदान-प्रदान गर्नुका साथै संयुक्त रुपमा कोरियाली प्रायद्वीपको आणविक समस्याको राम्ररी समाधान गर्ने उपायलाई पत्ता लगाउन चीन इच्छुक रहेको पनि उहाँले औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु