फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सरकारले ऐनबमोजिम नागरिकको धार्मिक विश्वासको स्वतन्त्रताको संरक्षण गरेको चीनको परराष्ट्र मन्त्रालयको भनाइ

(GMT+08:00) 2017-04-28 18:47:22

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले चीन सरकारले ऐनबमोजिम नागरिकको धार्मिक विश्वासको स्वतन्त्रताको संरक्षण गरेको व्यक्त गर्नुभएको छ।

हालै अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र समितिले सन् 2017को वार्षिक प्रतिवेदन सार्वजनिक गरी चीनलाई विशेष ध्यान दिनुपर्ने मुलुकको रुपमा राख्न निरन्तर रुपमा प्रस्ताव प्रस्तुत गरेको छ। आज शुक्रबार पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो।

उहाँले चीनका विभिन्न जाति र क्षेत्रका जनताको धार्मिक स्वतन्त्र रहेको भन्दै उक्त तथाकथित समितिले चीनमाथि पूर्वाग्रह राखिरहेको व्यक्त गर्नुभयो। वास्तविकताको सम्मान गरी पूर्वाग्रहलार्इ त्यागेर सम्बन्धित प्रतिवेदनको निन्तर रुपमा सार्वजनिक रोक्न चीनले प्रस्ताव प्रस्तुत गरेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु