फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानमा दुई अमेरिकी सेनाको मृत्यु

(GMT+08:00) 2017-04-28 18:47:41

अफ्गानिस्तानमा तैनाथ अमेरिकी सेनाले सत्ताइस तारिख वक्तव्य प्रकाशित गरी हालै दुई अमेरिकी सेनाको पूर्वी अफ्गानिस्तानको नानगर्हार प्रान्तमा आक्रमणमा परी मृत्यु भएको छ।

उक्त वक्तव्यका अनुसार, अफ्गानिस्तानमा तैनाथ अमेरिकी सेनाले पूर्वी अफ्गानिस्तानको नानगर्हार प्रान्तको अचिन क्षेत्रमा अफ्गानिस्तानी सुरक्षा सेनासँग संयुक्त कार्यवाही गरी आइएसआइएस सशस्त्र शक्तिमाथि प्रहार गरेको छ। छब्बीस तारिख बिहिबार राति भएको कारवाहीमा दुई जना अमेरिकी सैनिकलाई सशस्त्र शक्तिद्वारा आक्रमण गरी मारिएका थिए भने अरु एक जना सैनिक घाइते भएको थियो।

अफ्गानिस्तानी सुरक्षा सेना र सशस्त्र शक्तिको मानव क्षतिको स्थिति उक्त वक्तव्यमा जनाइएको छैन।

जानकारी तथा लेखहरु