फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्री र अमेरिकी विदेशी मन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2017-04-29 15:17:08

चिनियाँ परराष्ट् मन्त्री वाङ्ग यीले न्यूयोर्कमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको कोरियाली प्रायद्बीप मन्त्री स्तरीय सम्मेलनमा भाग लिने अवसरमा अमेरिकी विदेशी मन्त्री रेक्स टिलेर्सेनसँग भेटावर्ता गर्नुभएको छ। सो अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्बारा मार आ लागोमा आयोजना भएको ऐतिहासिक भेटवार्ताबाट यी दुबै मुलुकबीचको सम्बन्धको शान्ति संक्रमणलाई साकार तुल्याइएको परराष्ट्रमन्त्री वाङले बताउनुभयो। यो नयाँ शुरुवातमा आधारित भइ चीन र अमेरिकाले सहयोग गर्दै दुबै मुलुकका जनतालाई लाभ पुर्‍याउनुका साथै विश्वको शान्तिक लागि प्रयास गर्ने पनि उहाँले बताउनुभयो।

अमेरिकी विदेशी मन्त्री टिलेर्सेनले अमेरिका र चीनका नेताबीचको महत्वपूर्ण भेटवार्तालाई उच्च मूल्याङ्कन गर्नुभएको छ। उहाँका अनुसार अमेरिका र चीनले रचनात्मक माध्यममार्फत कोरियाली प्रायद्बीप आणविक समस्या आदि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्यामा सहयोग गरिरहेका छन्। अमेरिकाले विभिन्न क्षेत्रमा चीनसँग उच्च स्तरीय वार्ता,आदानप्रदान,सहयोगलाई मजबुत बनाउँदै संयुक्त रुपमा विविध चुनौतिको सामना गर्न प्रतीक्षा गरेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु