फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्री र संयुक्त राष्ट्र संघीय सहासचिवबीच भेटावार्ता

(GMT+08:00) 2017-04-29 15:17:31

चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले न्यूयोर्कमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको कोरियाली प्रायद्बीप मन्त्री स्तरीय सम्मेलनमा भाग लिने अवसरमा संयुक्त राष्ट्र संघीय महासचिव आन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा परराष्ट्र मन्त्री वाङ्गले महासचिव गुटरेसप्रति चिनियाँ नेताहरुको सदिच्छापूर्ण अभिवादन सन्देश रहेको भन्नु भएको छ। उहाँका अनुसार महासचिव नियुक्त भएदेखि गुटरेसले संयुक्त राष्ट्र संघलाई नयाँ शक्ति, धारणा र कदम ल्याउनुभएको छ। चीनले संयुक्त राष्ट्र संघ केन्द्रित बहु पक्षीय सिद्धान्तलाई समर्थन दिने छ।

महासचिव गुटरेसले निकट भविष्यमा चीनमा आयोजना हुन लागेको "बेल्ट एण्ड रोड इनिसिएटिभ"अन्तर्राष्ट्रिय सहयोग शिखर मन्चमा भाग लिने व्यक्त गर्नुभएको छ। उहाँले संयुक्त राष्ट्र संघले चीनसँगको सहयोगलाई निकै जोड दिँदै चीनले अन्तर्राष्ट्रिय मामिलामा अझ बढी महत्वपूर्ण भूमिका सिर्जना गर्दै जान सक्ने आशा गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु