फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियाले उत्तर कोरियाको समुद्र क्षेत्रमा प्रवेश गरी सीमा उलंघन गरेको उत्तर कोरियाको भनाइ

(GMT+08:00) 2017-04-29 15:56:39

दक्षिण कोरियाली नौ सेनाले हालै उत्तर कोरियाको पश्चिमी समुद्री भागको धेरै पटक उलंघन गरेकाले सो समुद्री क्षेत्रमा नयाँ सैन्य संघर्ष देखा पर्ने खतरा उत्पन्न भएको उत्तर कोरियाली केन्द्रीय समाचार समितिले अप्रिल उनान्तीस तारिख जनाएको छ।

उत्तर कोरियाली केन्द्रीय समाचार समितिले जनाएको एक टिप्पणी लेखमा, यसै महिनामा दक्षिण कोरियाले दश दिनमा एक सय एकवटा युद्धपोत अठासी पटक उत्तर कोरियाको समुद्री क्षेत्रमा प्रवेश गरी उलंघन गरेको र यो संख्या गत मार्च महिनाको दुई गुणा पुगेको उल्लेख छ।

दक्षिण कोरियाले उत्तर कोरियाको समुद्रको उलंघन गरेका गतिविधिहरु, अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास, कार्ल भिन्सेन विमानवाहक जहाज तथा यु.एस.एस. मिछिगन सप्मरिन लगायत उपायद्बारा अमेरिकाले कोरियाली प्रायद्बीपमा प्रवेश गरेको समयसँग मेल खाएको पनि सो टिप्पणी लेखमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु