फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्री संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको कोरियाली आणविक समस्यासम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा

(GMT+08:00) 2017-04-29 09:01:56

हिजो अप्रिल 28 तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले न्यूयोर्कमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको कोरियाली प्रायद्धीप आणविक समस्या सम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा भाग लिँदै सम्बोधन भएको छ। उहाँका अनुसार हाल लगातार चर्कँदै आएको कोरियाली प्रायद्बीपबाट अन्तर्राष्ट्रिय समाजमा व्यापाक चिन्ता बढेको छ। सम्बन्धित विभिन्न पक्षले सुरक्षा परिषदको कोरियाली प्रायद्बीपको निर्णयलाई पालन गर्दै यो समस्यालाई वार्तामा फर्काउन प्रयास गर्न सकिने चीनको आशा रहेको छ। यो परिस्थिति परिवर्तन हुने खण्डमा चीनले सधैं दुई आधारभूत दिशा कायम राख्दै जाने छ। यी दुई दिशा भनेको कोरियाली प्रायद्बीपलाई आणविक हतियाररहित बनाउने र सुरक्षा परिषदको सम्बन्धित विभिन्न निर्णयलाई पालन गर्ने हुन्।

परराष्ट्र मन्त्री वाङ्गले जोड दिनुभएअनुसार चीन कोरियाली प्रायद्बीप समस्याको प्रत्यक्ष अन्तर्विरोध पक्ष होइन। यो समस्याको समाधान गर्ने मुख्य उपाय चीनको हातमा रहेको छैन। तर पनि कोरियाली प्रायद्बीपको छिमेकीको रुपमा चीनले यो समस्याको समाधान गर्न धेरै प्रयास गरेको छ। थाड प्रणालीको स्थापनाप्रति चीनले कडा विरोध गर्दै सम्बन्धित विभिन्न पक्षले थाडलाई तुरुन्तै हटाउन ताकिता गरेको पनि परराष्ट्रमन्त्री वाङले जोड दिनु भएको छ।

जानकारी तथा लेखहरु