फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाद्वारा प्रक्षेपित क्षेप्यास्त्र असफल भएको दक्षिण कोरिया तथा अमेरेकी सेनाको दावी

(GMT+08:00) 2017-04-29 17:14:53

दक्षिण कोरिया तथा अमेरिकी सेनाले उत्तर कोरियाद्वारा अप्रिल उन्नान्तीस तारिख प्रक्षेपण गरेको एउटा क्षेप्यास्त्र असफल भएको अडकल गरेका छन्।

दक्षिण कोरिया संचारमाध्यमले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै उत्तर कोरियाले सोही दिन विहान पिङगानाम दोबाट परीक्षात्मक प्रक्षेपण गरेको एउटा क्षेप्यास्त्र हावामा विस्फोटन भएको सम्भावना रहेको जनाएको छ।

उता, अमेरिकी सेनाको प्रशान्त महासागर कमाण्डर कार्यालयले अठाइस तारिख उत्तर कोरियाबाट प्रक्षेपित सबभन्दा पछिल्लो क्षेप्यास्त्र उत्तर कोरियाको भूभागबाट नछोडेको प्रमाणित गरेको छ।

जानकारी तथा लेखहरु