फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेल्ट एण्ड रोड इनिसिएटिभ कार्यक्रमले तिब्बत र लुम्बिनी जोड्न प्रस्ताव

(GMT+08:00) 2017-04-29 19:24:41

नेपाल सरकारले चीनको 'बेल्ट एण्ड रोड इनिसिएटिभ' ले नेपाललाई केरुङबाट काठमाडौँ, पोखरा र लुम्बिनीलाई जोड्नुपर्ने प्रस्ताव गरेको छ। चीन अध्ययन केन्द्र र रणनीतिक अध्ययन प्रतिष्ठान नेपालले संयुक्तरुपमा काठमाडौँमा आयोजना गरेको 'क्षेत्र र मार्ग प्रयास तथा दक्षिण एसिया' विषयक कार्यशालामा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले त्यस्तो जानकारी दिनु भएको कारोबार अनलाइनले लेखेको छ। सो कार्याशाला गोष्ठीमा नेपाल, भारत, वंगलादेश, श्रीलंका र पाकिस्तानका विद्वानहरु पनि सहभागी भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले हालैको चीन भ्रमणका बेला त्यहाँको उच्च नेतृत्वसँग बेल्ट एण्ड रोड इनिसिएटिभमा नेपालको राजधानी, पर्यटकीय नगर पोखरा र शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी चीनको स्वयात्त प्रदेश तिब्बतको केरुङबाट जोडिनुपर्ने प्रस्ताव गर्नु भएको महराले बताउनुभयो।

"सतह र भूमार्गबाट सम्पर्क विस्तार र व्यापार प्रवद्र्धन हाम्रो प्राथमिकता हो, बीआरआईबाट नेपालले प्रसस्त लाभ लिनसक्छ भन्ने हामीलाई लागेको छ," चिनियाँ राष्ट्रपतिले विश्वका 67 राष्ट्रलाई जल र स्थलमार्गबाट जोडेर आर्थिक द्रुत आर्थिक विकास हासिल गर्न अघि सारेको अवधारणाबारे सरकारी धारणा दिँदै उपप्रधानमन्त्री महराले भन्नुभयो।

बीआरआईले यस क्षेत्रको आर्थिक एवम् प्राविधिक सहयोग विस्तारमा मद्दत पुग्नेमा नेपाल विश्वस्त रहेको भन्दै उहाँले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अन्तिम चरणमा नेपाल रहेको जानकारी दिनुभयो।

नेपाललाई सन् 2030 सम्ममा मध्यमआययुक्त मुलुकका रुपमा स्तरोन्नति गर्ने र दिगो विकासका लक्ष्यसमेत हासिल हुने गरी तर्जुमा गरिएको उहाँले बताउनुभयो। 14 औँ योजनाले पूर्वाधार विकास, कृषि, उद्योग, ऊर्जा र पर्यटनलाई केन्द्रमा राखेको जानकारी दिँदै उनले त्यस निम्ति द्विपक्षीय व्यापार र सुदृढ सम्पर्क विस्तारलाई सरकारले उत्तिकै प्राथमिकता दिएको बताउनुभयो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले नेपालजस्ता विकासोन्मुख मुलुकका निम्ति बीआरआई सहयोगी हुने बताउँदै त्यसका लागि समझदारी र साझेदारी विकास गर्नुपर्नेमा जोड दिनुभयो। नेपालका लागि चिनियाँ राजदूत यु होङले क्षेत्रीय सहयोग प्रवद्र्धन, आर्थिक विकास, भौतिक पूर्वाधार निर्माण, नीति निर्माण एवम् समन्वय, जनस्तरको सम्पर्क विस्तार बीआरआईका सारतत्व हुन् भन्दै विश्वकै साझा समृद्धिको परियोजनामा सबै देश लाग्नुपर्ने बताउनुभयो।

बीआरआईमा धेरै देशले चासो देखाएका र आगामी महिना बेइजिङमा हुने सम्मेलनमा विश्वका धेरै राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखका साथै उच्च अधिकारीबीच छलफल र बहस हुने उहाँले जानकारी दिनुभयो। चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले बीआरआईबाट नेपाल भूपरिवेष्टित होइन सम्पर्क भूसतह विस्तारित देश बन्ने र त्यसले आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो।

केन्द्रका महासचिव उपेन्द्र गौतमले बीआरआईमा नेपालको संलग्नता अपरिहार्य भएको विचार व्यक्त गर्दै त्यसो गर्दा कुनै छिमेकी रिसाउला भन्ने हीन भावनाबाट नेपालको नेतृत्व मुक्त हुनुपर्ने बताउनुभयो। कार्यशालामा पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, नेपालका लागि बङ्गलादेशका पूर्व राजदूत हुमायु कबिरलगायतले ओबिओआरका चुनौती, त्यसले दक्षिण एसियामा पार्ने प्रभावबारे आ–आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो। विश्वका तीन महादेशका 67 देशमा विस्तार हुने 35 वर्षे महात्वाकाङ्क्षी परियोजनाको हालको बजेट आठ खर्ब अमेरिकी डलर छ।

विश्वका 40 देशले त्यसमा सहभागी हुनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् भने एकसयभन्दा बढी राष्ट्र र अन्तर्राष्ट्रिय सङ्गठनले साझेदारी गर्न चासो व्यक्त गरेका छन्।

http://www.karobardaily.com/news/77175

जानकारी तथा लेखहरु