फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्ति प्रक्रियामा आउने अफगानिस्तानको इस्लामिक पार्टीका भनाइ

(GMT+08:00) 2017-04-30 16:17:37

अफ्गानिस्तानको सरकार विरोधी सशस्त्र शक्ति इस्लामिक पार्टीका नेता गुल्बुदीन हिक्मतियारले हिजो अप्रिल 29 तारिख पूर्वी क्षेत्रको लाघमान प्रान्तमा सरकार विरोधी सशस्त्र शक्तिले राष्ट्रिय शान्ति प्रक्रियामा भाग लिनसक्ने विचार व्यक्त गर्नुभएको छ। उहाँका अनुसार अफ्गानिस्तान लामो गृहयुद्धबाट थकित भएको छ त्यसकारण शान्ति नै सबै जनताको इच्छा हो। कुनै पनि विदेशी शक्तिले अफ्गानिस्तानमा शान्ति ल्याउनसक्दैनन् र विदेशी शक्तिसँग अफ्गानिस्तानको आन्तरिक मामिलामा हस्ताक्षेप गर्ने अधिकार पनि छैन।

इस्लामिक पार्टी अफ्गानिस्तानमा तालिवान, चरम संगठनल"इस्लामिक स्टेट" पछिको तेस्रो ठूलो सशस्त्र शक्ति थियो। यस पार्टीका नेता हिक्मतियार लामो समयसम्म विदेशमा बस्नुभएको थियो। शान्ति वार्तालाई अस्वीकार गरेकाले उहाँलाई अमेरिकाले आतंकवादीको सूचिमा राखेको थियो।

जानकारी तथा लेखहरु