फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको उच्चस्तरीय मानवरहित गविमान ल्याटिन अमेरिकामा

(GMT+08:00) 2017-04-30 16:18:01

हाल ब्राजिलको साओ पाउलो स्थानीय सरकारले प्रहरीद्वारा गरिने आपतकालीन घटनाको समाधान क्षमतालाई मजबुत बनाउनका लागि चीनको ता व्हा उच्च स्तरीय मानवरहित विमान र घुम्ती अनुगमन प्रणाली भित्र्याउने औपचारिक रुपमा घोषणा गरेको छ। चिनियाँ ब्रान्डको उच्च स्तरीय मानवरहित विमान ब्राजिलको सरकारी औद्योगिक क्षेत्रमा प्रवेश गरेको यो पहिलो पटक हो। चीनको मानवरहित विमान ल्याटिन अमेरिकी क्षेत्रमा प्रवेश गर्ने क्रममा यो महत्वपूर्ण पाइलाको रुपमा प्रतिबिम्बित भएको छ।

साओ पाउलोका शेयस दोरिआले जानकारी दिनुभएअनुसार आपतकालीन घटना प्राय नागरिक भेला भएका क्षेत्रमा यो मानवरहित विमानले आफ्नो श्रेष्ठ भिडियो प्रविधिले उच्च प्रभावकारी रुपमा प्रहरी पक्षको समाधान क्षमतालाई उकास्ने छ।

सन्2016 रियो ओलम्पिक खेलकुद समारोहको अवधिमा चीनबाट भित्र्याइएको मेट्रो, वातानुकूलन, क्यामेरा आदि उच्च स्तरीय प्राविधिक मालसामानले ल्याटिन अमेरिकी जनताको आँखामा प्रवेश गरेका थियो। जसबाट"चीनको उत्पादन"प्रति स्थानीय सर्वसाधारणको भावनालाई परिवर्तन गरेको देखिन्छ।

जानकारी तथा लेखहरु