फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियामा थाडको विरुद्धमा मैनवत्ती र्‍याली

(GMT+08:00) 2017-04-30 16:18:34

दक्षिण कोरियाली जनताले हिजो अप्रिल 29 तारिख राजधानी सोलको ग्वाङ्गहवामून क्षेत्रमा मैनबत्ती बोकेर थाड प्रतिक्षेप्यास्त्र प्रणालीको विरोध गर्दै राजनीतिक गतिरोधको दुरुपयोग हटाउन आव्हान गरेका छन्।

सो भेलाका संयोजकले जनाएअनुसार लगभग पचास हजार भन्दा बढी जनताले हिजोको भेलामा भाग लिएका छन्। थाड बन्दोबस्त गरिएको स्थल उत्तर ग्योन्ग्सांग प्रान्तको सेङ्गजू गून क्षेत्रबाट आएका एक सयभन्दा बढी बासिन्दाले पनि सो भेलामा भाग लिएका छन्। ती जनताले मैनबत्ती बोकेर"थाडलाई हटाऔँ", "मलाई शान्ति फिर्ता देउ"भन्ने नारा लगाएका छन्।

विरोध र्‍यालीका संयोजकहरुले आउने मे नौ तारिख राष्ट्रपतिको निर्वाचनको अवधिमा निरन्तर मैनबत्ती बालेर र्‍यालीको आयोजना गर्ने योजना बनाएका छन्।

जानकारी तथा लेखहरु