फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँ उपत्यकाबाट 50 मेट्रिक टन फोहर व्यवस्थापन

(GMT+08:00) 2017-04-30 16:19:34

काठमाडौँ उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी 50 मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। उपत्यकाका विभिन्न स्थानमा भएको सफाइमा दुई हजार 280 व्यक्तिको सहभागिता थियो। वाग्मती सफाइ महाअभियानको 207 औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी 12 मेट्रिक टन फोहर व्यवस्थापन गरिएको राष्ट्रिय समाचार समितिले लेखेको छ। सफाइमा 550 जनाको सहभागिता रहेको अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति लगायत संस्थाको संस्थागत सहभागिता थियो। पूर्वसचिव डा कृष्णचन्द्र पौडेलले सपथ खुवाएपछि सफाइ सुरु भएको थियो। गुह्येश्वरीमाथिको वाग्मती सफाइ सुरु भएको 168 औँ हप्तामा आज गोठाटार पुल मुनि सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले अयोजना गरेको सफाइमा 200 व्यक्तिको सहभागिता थियो।

रुद्रमती सफाइको 166 औँ हप्तामा आज रातोपुलबाट सेतोपुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइमा सेना, प्रहरी, सशस्त्र प्रहरी बललगायत रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियानको सहभागिता थियो। विष्णुमती सफाइको 138 औँ हप्तामा आज तारकेश्वर नगरपालिकामा सफाइ गरी 12 मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

सफाइमा 500 जनाको सहभागिता थियो। विष्णुमती सफाइमा आज पहिलोपटक नेपाली सेना पनि सहभागी भएको छ। तिलगङ्गा महिला समूहले तिलगङ्गामा आयोजना गरेको 115 औँ हप्ताको वाग्मती सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइमा 30 जना महिलाको सहभागिता थियो।चक्रपथ सफाइको तेस्रो साता आज बसुन्धरा क्षेत्रमा सफाइ गरी 22 मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइमा 700 स्वयम्सेवक सहभागी थिए। विसं 2070 जेठ 5 गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान र त्यसपछि सुरु भएका उपत्यकाका विभिन्न नदी सफाइ अभियानमा हालसम्म सात लाख 21 हजार 930 स्वयम्सेवकले सहभागिता जनाएका छन्।

उपत्यकामा वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई पोखरा, झापा र तुलसीपुरलगायत 26 स्थानमा सफाइ भइरहेको छ। यी अभियानबाट दश हजार 497 फोहर व्यवस्थापन भएको सफाइ महाअभियानले जनाएको छ। आगामी शनिबार 208 औँ हप्ताको वाग्मती सफाइ थापाथली पुल पारि ललितपुरतर्फ हुने पनि आजको सफाइका अवसरमा जानकारी गराइयो।

 

जानकारी तथा लेखहरु