फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोममा विश्व गरिबी न्यूनीकरण साझेदार मञ्च

(GMT+08:00) 2017-04-30 16:21:00

विश्व गरिबी न्यूनीकरण साझेदार मञ्च अप्रिल 28 तारिख इटालीको विदेश मन्त्रालयमा आयोजना भएको छ। उक्त मञ्चमा सहभागी भएकाहरूले विभिन्नको गरिबी निवारणको सफल अनुभव, सरकार, नीति तर्जुमा गर्ने पक्ष, गरिबी निवारणका कर्मचारीको सामु देखापरेको ठूलो चुनौतीबारे छलफल गर्नुका साथै चीनको गरिबी निवारण अनुभवको प्रशंसा गरेका छन्।

उक्त मञ्चमा सहभागी प्रतिनिधिहरूकाअनुसार, विगत तीस वर्षमा अर्थतन्त्रमा निरन्तर रुपमा वृद्धि भएको, विश्वको गरिबी जनसंख्यामा क्रमशः घटेको तर हाल विश्वका असी करोड जनाको जीवन स्तर अति गरिब रेखामूनिमा रहेको छ। त्यसैले विश्वको गरिबी न्यूनीकरण कार्य निरन्तर रुपमा चल्नुपर्ने छ।

संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय कृषि विकास कोषअन्तर्गत विश्वव्यापी सम्पर्क, ज्ञान र रणनीति विभागका प्रमुखले चीनको सटीक लक्ष्यसहित गरिबी निवारणको धारणा र वास्तविकताबाट राम्रो राजनीतिक इच्छा, वैज्ञानिक गरिबी निवारण रणनीति, उचित नीति तथा कदम रहेको खण्डमा गरिबी अवस्थाबाट पूर्ण रुपमा मुक्त हुने लक्ष्य साकार तुल्याउन सकिने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु