फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री र बेलायतका विदेश मन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2017-04-30 16:21:21

चीनका परराष्ट्र मन्त्री वाङ यीले अप्रिल 28 तारिख न्यूयोर्कमा कोरियाली प्रायद्विपको आणविक समस्यासम्बन्धी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुँदा बेलायतका विदेश मन्त्री बोरिस जोनसनसँग भेटघाट गर्नुभएको छ।

उहाँहरूले हालै कोरियाली प्रायद्विपको परिस्थिति चर्कँदै आएको र अनियन्त्रित खतरा रहेको र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले मन्त्रीस्तरीय सम्मेलनको आयोजना गर्न आवश्यक भएको व्यक्त गर्नुभएको छ। उहाँहरूले विभिन्न पक्षले कोरियाली प्रायद्विपको आणविक समस्यासम्बन्धी सुरक्षा परिषदको विभिन्न निर्णय-प्रस्तावलाई गम्भीर रुपमा लागू गर्नुपर्ने, उत्तर कोरियाकको आणविक हतियार विकास योजना रोक्नुपर्ने, साथै कोरियाली प्रायद्विपको आणविक समस्यालाई शान्तिपूर्ण रुपमा समाधानको बाटो खोज्नुपर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु