फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यूरोपेली संघमा "बेलायत बाहिरिने" विषयबारे वार्तामा मतैक्य

(GMT+08:00) 2017-04-30 16:21:42

यूरोपेली संघले अप्रिल 29 तारिख बेलायतबाहेकका 27 मुलुकका नेताहरूको सम्मेलनको आयोजना गरेको छ। ती नेताहरूले बेलायत यूरोपेली संघबाट बाहिरिने विषयमा छलफल गरेका छन्। यूरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्कले सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा यूरोपेली संघका 27 मुलुकले बेलायतसँग यूरोपेली संघबाट बाहिरिने वार्ताको कार्यनीतिबारे सहमति प्राप्त भएको बताउनु भएको छ।

टुस्कले 27 मुलुकका नेताहरूले एकता देखाएर कार्यनीतिको दस्तावेज छिटै रुपमा पारित गर्ने पनि बताउनुभयो।

बेलायतका प्रधानमन्त्री थेरेसा मेले मार्च 29 तारिख यूरोपेली संघलाई सन्देश पठाई यूरोपेली संघबाट बाहिरिने क्रम शुरु गर्ने कुराको घोषणा गर्नुभएको थियो। बेलायत र यूरोपेली संघले दुई वर्षसम्म यूरोपेली संघबाट बाहिरिने वार्ता पूरा गर्ने छन्।

जानकारी तथा लेखहरु