फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकीय आकर्षणको केन्द्र बन्दै म्याग्दीको लभ्लीहिल

(GMT+08:00) 2017-05-01 14:56:03

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरामा रहेको लभ्लीहिल आन्तरिक पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ।

विशेषगरी युवायुवतीका लागि 'डेटिङ स्पट'का रुपमा चर्चित लभ्लीहिल अहिले विभिन्न जिल्लाबाट म्याग्दीको बेनी बजारमा आउने आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य स्थल बन्न थालेको गोरखापत्रअनलार्इनले लेखेको छ। बेनी बजारसँगै जोडिएको खबराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको हो। केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउन सकिने म्याग्दीका पर्यटन व्यवसायीको भनाइ छ।

बेनीबाट करिब आधा घन्टाको दूरीमा अवस्थित लभ्लीहिलबाट बेनीबजार, पर्वतबेनी, गलेश्वर, पुलाचौरको पुलाआश्रम, जगन्नाथ मन्दिरसहित आसपासका क्षेत्रका साथै धौलागिरि, अन्नपूर्ण हिमाल र सूर्योदयको समेत अवलोकन गर्न सकिन्छ। यस क्षेत्रको पूर्वाधार र प्रचारप्रसार भए आर्थिक कारोबार र नयाँ बस्तीको समेत सम्भावना रहेको छ।

जानकारी तथा लेखहरु