फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"इस्लामिक स्टेट"माथि प्रहार गर्ने सम्बन्धमा अमेरिकी नेतृत्वको कारवाहीबाट कम्तीमा 352 सर्वसाधारणको मृत्यु

(GMT+08:00) 2017-05-01 14:57:31

अमेरिकी प्रतिरक्षा मन्त्रालयले अप्रिल तीस तारिख जनाएअनुसार, उग्रवाद संगठन "इस्लामिक स्टेट"माथि प्रहार गर्ने सम्बन्धमा अमेरिकाको नेतृत्वमा रहेको सैनिक कारवाहीबाट सन् 2014देखि हालसम्म कम्तीमा 352 जना सर्वसाधारणको मृत्यु भएको छ।

अमेरिकी प्रतिरक्षा मन्त्रालयले सोही दिन सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, सन् 2014 अगष्ट महिनादेखि सन् 2017 मार्च महिनासम्म अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनले इराक र सिरियामा जम्मा बीस हजार पटकभन्दा बढीको हवाई आक्रमण गरेको छ। साथै उक्त प्रतिवेदनका अनुसार, गत वर्षको नोभेम्बर महिनादेखि चालू वर्षको मार्च महिनासम्मको हवाई आक्रमणमा 45 जना सर्वसाधारणको मृत्यु भएको छ।

जानकारी तथा लेखहरु