फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी विद्वान र वाणिज्य क्षेत्रका व्यक्तिहरू चीनको अर्थतन्त्रप्रति आशावादी

(GMT+08:00) 2017-05-01 15:06:26

शिकागो विश्वविद्यालयमा आयोजित चीन मञ्चमा सहभागी अमेरिकी विद्वानहरू र विभिन्न कम्पनीका उच्चस्तरीय व्यवस्थापकहरूले चीनको अर्थतन्त्र हाल गहन रुपमा परिवर्तनको चरणमा रहेको तथा चीनको व्यवसायको नवीकरण अत्याधुनिक स्तरमा पुगेको र चिनियाँ कम्पनीहरुले विश्व अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने बताएका छन्।

चिनियाँ लगानी निगम, व्हा वै, अमेरिकी गोल्डम्यान स्याक्स, मेक्किन्सी एण्ड कम्पनी, शिकागो विश्वविद्यालयअन्तर्गत वाणिज्य बुथ स्कुलका विद्यार्थी तथा विद्वानहरूले चीन मञ्चमा चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक विषयबारे छलफल गरेका छन्।

शिकागो विश्वविद्यालयअन्तर्गत कानून स्कुलका प्राध्यापक टोम मेन्निङले विगत चालीस वर्षमा चीनको स्वदेशी आर्थिक निर्माणलार्इ पहिलो क्रान्तिको रुपमा बनाइएको र अबको आगामी दश वर्षलार्इ चीनको आर्थिक वृद्धिको दोस्रो क्रान्ति बनाउनसकिने बताउनुभयो। हाल चीनका शक्तिशाली कम्पनीहरूले व्यवसायको विकासमा प्रभाव पार्दैआएको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु