फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी प्रधानमन्त्री बेलायतको भ्रमणमा

(GMT+08:00) 2017-05-01 15:07:41
जापानी प्रधानमन्त्री सिन्चो आबेले अप्रिल अठाइसदेखि उन्नन्तीससम्म बेलायतको भ्रमण गर्नुभएको छ। भ्रमणताका सिन्चो आबेले बेलायती प्रधानमन्त्री थेरेसा मैसँग यूरोपेली संघबाट हटेपछिको जापान-बेलायत व्यापारिक सम्झौता, बेलायतमा जापानी लगानी तथा कोरियाली प्रायद्वीप परिस्थितिबारे वार्ता गर्नुभएको छ।

बेलायती संचारमामध्यमले जनाए अनुसार, वार्तामा जापानी प्रधानमन्त्री सिन्चो आबेले यूरोपेली संघबाट बेलायतको हट्ने प्रक्रिया सुचारु रहेर सफल हुने प्रात्याभूति दिने माँग बेलायतसँग गर्नुभएको छ। यसका साथै सिन्चो आबेले सो प्रक्रियाबाट बेलायतमा रहेका जापानी व्यवसायको हितमा असर नपार्ने ग्यारन्टी दिन पनि आग्रह गर्नुभएको छ।

बेलायत जापानको दोस्रो ठूलो लगानी गन्तव्य हो र बेलायतमा होण्डा, हिटाची तथा मित्सुबिसी लगायत लगभग एक हजार वटा जापानी कम्पनीहरुमा एक लाख चौध हजार जना कार्यरत रहेको जनाइएको छ।

जानकारी तथा लेखहरु