फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उद्योग-व्यवसायीद्वारा "एक पेटी एक मार्ग"का तटवर्ती मुलुकहरूलाई अनुकूलित उत्पादित-वस्तु र सेवा उपलब्ध

(GMT+08:00) 2017-05-01 16:41:31

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा सन् 2013मा प्रस्तुत गरिएको "एक पेटी एक मार्ग" सहयोगात्मक प्रस्ताव हाल व्यावहारिक सहयोगको नयाँ चरणमा प्रवेश गरेको छ। चिनियाँ उद्योग-व्यवसायीहरूले "एक पेटी एक मार्ग"का तटवर्ती विभिन्न मुलुकको विशेष अवस्था र उपभोक्ताको विशेष स्वभावबमोजिम अनुकूलित उत्पादित-वस्तु र सेवा प्रस्तुत गरेका छन्। साथै चिनियाँ उद्योग-व्यवसायीहरूले विदेशी साझेदारीसँगको सहयोगमा देखिएका समस्याको सक्रियताका साथ समाधान गरेका छन् र रोजगार अवसर उपलब्ध गराएका छन्।

शान तुङ प्रान्तीय चि निङ शहरको बुनाई वस्तु उद्योग-व्यवसाय अर्थात् रु यि समूहका उत्पादित-वस्तुहरू पाकिस्तान, बंगलादेशआदि दक्षिण एशियाली मुलुकहरूमा राम्रो बिक्री भएको छ। रु यि समूहले पाकिस्तानमा कारखानाको निर्माण गर्ने क्रममा भोगेको विजुलीको अभाव स्थानीय आर्थिक विकासको सामु देखापरेको पहिलो कठिन समस्या हो। यो कठिनाइको समाधान गर्नका लागि रु यि समूह र चीन व्हा नङ निगमले शाहिवाल कोइला विजुली परियोजनाको संयुक्त रुपमा निर्माण गर्न लगानी लगाएका छन्। सन् 2015देखि शुरु भएयता यो परियोजनाले मजदूरहरू भित्र्याउनुका साथै रोजगार उपलब्ध गराएको छ।

जानकारी तथा लेखहरु