फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकीकृत सहरी विकास योजनाको जिम्मा चिनियाँ टोलीलाई

(GMT+08:00) 2017-05-02 14:56:07

सहरी विकास मन्त्रालयले नुवाकोटस्थित विदुर नगरपालिकाको एकीकृत सहरी विकास योजना तर्जुमाको जिम्मा चिनियाँ कम्पनीलाई दिने तयारी गरेको छ। मन्त्रालयमा भएको सहमतिअनुसार एकीकृत सहरी विकास योजना तर्जुमा गर्न आवश्यक कार्य योजना तीन दिनभित्र तयार गर्ने गरी चिनियाँ कम्पनी वुहान ल्यान्ड युज एन्ड अर्वन स्प्याटियल प्लानिङ रिसर्च सेन्टरसँग सहमति भएको नयाँ पत्रिकाले लेखेको छ।

सहरी विकास मन्त्रालयका प्रवक्ता डा. रमेशप्रसाद सिंहका अनुसार नेपालका नगरपालिकाको एकीकृत सहरी विकास योजना निर्माणका लागि पहिलोपटक विदेशी कम्पनीसँग सहमति भएको हो। सरकारको सहरी पूर्वाधार विकासका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउने लक्ष्य राखेकाले त्यसका लागि पनि चिनियाँ कम्पनीसँगको सहमति महत्वपूर्ण भएको उनले बताए।

९ सदस्यीय चिनियाँ टोली आइतबारदेखि मङ्गलबार तीन दिनसम्म विदुर नगरपालिकामा रहनेछ। टोलीले कार्ययोजना तयार गरी मन्त्रालय फर्कने कार्यक्रम रहेको छ। टोलीले त्यहाँ रहँदा क्षेत्रगत सर्तहरू तयार गरी विदुर नगरपालिकामा एकीकृत सहरी विकास योजनाकार्य अगाडि बढाउने सम्बन्धमा भावी कार्ययोजना तयार गर्ने मन्त्रालयका प्रवक्ता डा. सिंहको भनाइ छ।

यसअघि सहरी विकास तथा भवन निर्माण विभागले विदुर नगरपालिकाको एकीकृत सहरी विकास योजना तर्जुमा गर्नेसम्बन्धी परामर्शदाता माग प्रक्रिया सुरु गरिसकेको छ। योजना तर्जुमा गर्नका लागि सरकारले चालू आर्थिक वर्ष ५० लाख रुपैयाँ छुट्याएको छ। चिनियाँ कम्पनीले योजना तर्जुमा गरेको खण्डमा उसैको लागतमा विदुर नगरपालिकाको एकीकृत सहरी विकास तयार गरिनेछ।

जानकारी तथा लेखहरु