फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपत्यका वरपर बनाइँदै छ चार नयाँ सहर

(GMT+08:00) 2017-05-02 15:01:43

नेपाल सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा ४ नयाँ सहर निर्माण गर्ने भएको छ। उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित सहरीकरण बढ्दै गएको भन्दै सरकारले नयाँ सहर निर्माणको प्रक्रिया अघि बढाएको हो।

सहरी विकास मन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरणको भौतिक विकास समितिले नयाँ सहर निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बुझाउन निर्देशन दिएको छ। चार दिशामा चारवटा नयाँ सहर निर्माण गर्नका लागि प्रक्रिया अन्तिम चरणमा पुगेकोले एक साताभित्र सम्पूर्ण डिपिआर बुझाउन निर्देशन दिएको मन्त्री अर्जुननरसिंह केसीले बताउनुभएको कारोबार दैनिकले लेखेको छ।

सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई एक साताभित्र नयाँ सहर निर्माणका लागि आवश्यक लगानी, समय र लाभान्वितको संख्या र स्वरुपसहितको स्पष्ट खाका ल्याउन निर्देशन दिएको छ।

नयाँ बन्ने सहर काठमाडौंको पूर्व–उत्तर, उत्तर–पश्चिम, पूर्व–दक्षिण र दक्षिण–पश्चिममा बनाइने छ।

जानकारी तथा लेखहरु