फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत नाथुला सीमा व्यापारिक नाका पुनः संचालनमा

(GMT+08:00) 2017-05-02 10:08:17
तिब्बतको सिगाचे यातुङ जिल्लामा अवस्थित चीन-भारत नाथुला सीमा व्यापारिक नाका चालू वर्षको लागि मै एकदेखि प्रयोगमा ल्याइएको छ। पाँच महिनासम्म बन्द रहेको नाथुला नाका फेरि व्यस्त भएको छ।

नाथुला चीन-भारत बीचको एउटै मात्र स्थल व्यापारिक नाका हो र यो मैदेखि नभेम्बरसम्म संचालन गरिन्छ र डिसेम्बरदेखि अप्रिलसम्म बन्द गरिन्छ। नाथुला व्यापारिक नाका खोलेको बेला तिब्बतको यातुङ जिल्लाबासी तथा भारतको सिक्किम प्रदेशको सीमा क्षेत्रका बासिन्दाहरुले व्यापारिक आवत-जावत गर्न पाउँछन्।

समुद्र सतहदेखि ४३१८ मिटर अग्लो नाथुला चीन-भारत स्थल व्यापारको सबैभन्दा छोटो नाका हो र विश्वमा नै सबैभन्दा अग्लो स्थलको व्यापारिक नाका मानिन्छ।

जानकारी तथा लेखहरु