फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फिलिपिन्सका राष्ट्रपतिद्वारा चिनियाँ नौ सेनाको लामो दूरीको जलयात्रा टोली अर्थात् छाङ छुन पोतको अवलोकन

(GMT+08:00) 2017-05-02 10:09:50
मे एक तारिख दिउँसो फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्तले फिलिपिन्स सरकार र सेनाका अधिकारीहरूको नेतृत्व गर्दै फिलिपिन्सको डोवाओको मैत्रीपूर्ण भ्रमणमा रहेको चिनियाँ नौ सेनाको लामो दूरीको जलयात्रा टोली अर्थात् छाङ छुन पोतको अवलोकन गर्नुभएको छ।

यसै अवसरमा छाङ छुन पोलको मिटिङ कक्षमा चिनियाँ नौ सेनाका राजनीतिक सदस्य म्याउ व्हाले डुटर्तलाई चिनियाँ नौ सेनाको सम्बन्धित अवस्थाबारे जानकारी दिनुभएको थियो। छाङ छुन पोतका प्रमुख हु चेले चीनद्वारा स्वतःडिजाइन र उत्पादन गरिएको छाङ छुन पोतको प्रबन्ध र क्षमताबारे जानकारी दिनुभयो। साथै अधिकारी र सैनिकको जीवन, मनोरञ्जन अवस्थाबारे जानकारी लिन डुटर्ड सैन्य अधिकारी र सैनिकको रेस्टुराँ पनि अवलोकन गर्नुभएको थियो।

सो अवसरमा डुटर्तले चीन सरकारले युद्ध पोतलाई फिलिपिन्सको भ्रमणमा पठाएकोमा कृतज्ञता पनि व्यक्त गर्नुभयो। उहाँले फिलिपिन्स र चीन यी दुबै मुलुकका नौ सेनाहरूले आगामी दिनमा संयुक्त सैनिक अभ्यास गर्ने तथा मित्रताको नाउँमा फिलिपिन्सको नौ सेनाले चिनियाँ नौ सेनासँग समुद्रमा अभ्यास गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु