फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परिस्थिति मिलेमा किम जोङअनसँग भेट्ने सम्भावनाः ट्रम्प

(GMT+08:00) 2017-05-02 10:12:11
परिस्थिति मिलेको खण्डमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङअनसँग भेट-वार्ता गर्ने इच्छा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गर्नुभएको छ। तर परिस्थिति भएमाको ठोस अर्थ भने राष्ट्रपति ट्रम्पले ब्याख्या गर्नुभएन। मै एक तारिख अमेरिकी संचारमाध्यमसँगको अन्तर्वार्तामा उहाँले उक्त कुरा व्यक्त गर्नुभएको हो।

अमेरिकी ह्वाइटहाउसका प्रवक्ता शोन स्पाइसरले एक तारिख बोल्दै परिस्थिति भएमाको अर्थ धेरै छन् र यसको पूर्वाधार भनेको उत्तर कोरियाले उत्तेजित गतिविधिलाई तुरुन्तै बन्द गर्नुपर्ने तर्फ र्इङ्गित गर्नुभएको छ।

प्राप्त सूचना अनुसार, यसै हप्तामा अमेरिकी तल्लो सदनमा उत्तर कोरियामाथि नयाँ आर्थिक नाकाबन्दी लगाउने छलफल गरिने छ र नयाँ आर्थिक नाकाबन्दीको क्षेत्र जहाज यातायात हुने सम्भावना रहेको जनाइएको छ।

जानकारी तथा लेखहरु