फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतद्वारा "दक्षिण एशियाली उपग्रह"को प्रक्षेपण

(GMT+08:00) 2017-05-02 10:19:29

"द हिन्दु ग्रुप"ले मे एक तारिख जनाएअनुसार, भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले मे पाँच तारिख एक सञ्चार उपग्रहको प्रक्षेपण गर्ने छ। साथै यस उपग्रहलाई भारतले दक्षिण एशियाका छ वटा मुलुकलार्इ एक उपहारको रुपमा दिइने पनि जनाइएको छ। यो उपग्रहको वजन 2.23 टन छ भने 2 अर्ब 35 करोड रुपैयाँ खर्च गरिएको छ। यो उपग्रहले पाकिस्तानबाहेक दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन अर्थात् सार्कका सदस्यहरूका लागि सेवा दिने छ।

जनाइएअनुसार, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल 30 तारिख उक्त योजनाको घोषणा गर्नुभएको थियो। उहाँले यो उपग्रहले दक्षिण एशियाली मुलुकहरूको आर्थिक तथा सामाजिक विकास क्रममा कठिनाइ तथा समस्याको सर्वप्रथम समाधान गर्ने छ। यो उपग्रह भारतले दक्षिण एशियालाई दिएको "अमूल्यवान उपहार" भएको पनि बताउनुभयो।

"द हिन्दु ग्रुप"काअनुसार, उक्त उपग्रह तीन वर्ष लगाएर निर्माण गरिएको छ। यसले नेपाल, भुटान, बंगलादेश, अफगानिस्तान, श्रीलंका, माल्दिभ्स गरी छ वटा मुलुकलाई सेवा दिने छ। योजनाअनुसार, उक्त उपग्रह मे महिनाको पाँच तारिख भारतको श्रीहरिकोटा आधार क्षेत्रको सतिश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिने छ।

जानकारी तथा लेखहरु