फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र उत्तर कोरियाले छिटो राजनीतिक निर्णय गर्नुपर्ने चीनको भनाई

(GMT+08:00) 2017-05-02 18:24:04

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले कोरियाली प्रायद्वीपको आणविक समस्याको मुख्य तथा प्रत्यक्ष पक्षको हैसियतमा अमेरिका र उत्तर कोरियाले छिटो रुपमा राजनीतिक निर्णय गर्नुपर्ने, सदिच्छा देखाउनुपर्ने तथा कोरियाली प्रायद्वीपको तनावपूर्ण परिस्थितिलाई शिथिल पार्नका लागि रचनात्मक प्रयास गर्नुपर्ने बताउनुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उचित अवस्था मिलेमा उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्ने भनार्इप्रति खुशी लागेको पनि बताउनुभयो।

दुई तारिख चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङले वार्ता र शान्तिपूर्ण तरिकामार्फत कोरियाली प्रायद्वीपको आणविक समस्याको समाधान गर्नु कोरियाली प्रायद्वीपको शान्ति र स्थिरताको संरक्षण गर्ने एक मात्रै वास्तविक बाटो र एक मात्रै सही छनौट हो भन्ने ठहर चीनले सधैं नै लिँदैआएको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु