फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र चीनको सम्बन्धका लागि सकारात्मक प्रभाव पुर्‍याउने चीनका मनोनयन गरिएका अमेरिकी राजदूतको भनाइ

(GMT+08:00) 2017-05-03 10:04:33
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनयन गरिएका चीनका लागि नयाँ अमेरिकी राजदूत लोवा स्टेटका गभर्नर टेरी ब्रान्स्टाडले ‌‌‌औपचारिक रुपमा नियुक्त हुने हो भने उहाँले अमेरिका र चीनको सम्बन्धका लागि सकारात्मक प्रभाव पुर्‍याउने आशा व्यक्त गर्नुभएको छ।

उहाँले सोही दिन अमेरिकी सिनेटद्वारा आयोजना गरिएको चीनका लागि अमेरिकी राजदूतसम्बन्धी सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

उहाँले लोवा स्टेटका गर्भनरको हैसियतमा अमेरिका र चीनको सकारात्मक र स्वस्थ सम्बन्धको महत्वपूर्ण अर्थको साक्षी रहेको, चीनका लागि अमेरिकी राजदूतको पद सम्हाल्ने हो भने उहाँले अमेरिकी उद्योग-व्यवसायहरूलाई चीनको बजारमा प्रवेश गर्न भूमिका निर्वाह गर्ने कुरा बताउनुभयो।

गत वर्षको डिसेम्बरमा ब्रान्स्टाड ट्रम्पद्वारा चीनका लागि अमेरिकी राजदूतका हैसियतमा मनोनयन गरिएको थियो। अमेरिकी सिनेटद्वारा अनुमोदन गरिएपछि उहाँ औपचारिक रुपमा नियुक्त हुनुहुनेछ।

जानकारी तथा लेखहरु