फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र रुसका राष्ट्रपतिबीच सिरिया समस्याबारे टेलिफोन वार्ता

(GMT+08:00) 2017-05-03 13:25:49

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे दुई तारिख रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नुभएको छ। ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नुभएयता रुसी राष्ट्रपतिसँग टेलिफोन वार्ता गर्नुभएको यो तेस्रो पटक हो भने अमेरिकाले सिरियाली सरकारी सेनामाथि सैनिक प्रहार गरेयता यो पहिलो पटक हो।

वाइट ह्वावसले सोही दिन एक वक्तव्य प्रकाशित गर्दै ट्रम्प र पुटिनले टेलिफोन वार्तामा सिरिया समस्यबारे छलफल गर्नुभएको कुरा बताएको छ। उक्त वक्तव्यमा टेलिफोन वार्तामा सिरियाको मानवीय संकटको समाधान गर्नका लागि दुई मुलुकका नेताहरूले सुरक्षा क्षेत्रको स्थापना गर्ने विषयबारे छलफल गर्नुभएको उल्लेख छ।

जानकारी तथा लेखहरु