फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्बीपको समस्या सम्बद्ध विभिन्न पक्षले एक अर्कालाई उत्तेजित पार्न बन्द गर्नुपर्ने चीन ताकिता

(GMT+08:00) 2017-05-03 18:23:59

अमेरिकाले हालै उत्तर कोरियालाई मुख्य लक्ष्य गरी आणविकवाहक क्षेप्यास्त्र प्रक्षेपण अभ्यास गर्दै आएकोबारेमा चर्चा गर्दै चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्युआङले सम्बद्ध विभिन्न पक्षले एक अर्कालाई उत्तेजित पार्ने कार्य बन्द गर्न चीनले ताकिता गरेको बताउनुभएको छ।

मे तीन तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कङले उक्त कुरा भन्नुभएको हो। प्राप्त जानकारी अनुसार, अमेरिकाका दुईटा बमवाहक विमानले मे एक तारिख मध्यान्ह दक्षिण कोरियाको पूर्वी समुद्री क्षेत्रको आकाशमा दक्षिण कोरियाली वायु सेनासँगै संयुक्त अभ्यास गरेको थियो। दक्षिण कोरियाले ती विमानहरुले उत्तर कोरियालाई मुख्य लक्ष्य बनाएर बम बर्षाउने अभ्यास गरेको जनाएको छ।

जानकारी तथा लेखहरु