फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र फिलिन्पिन्सका राष्ट्रपतिबीचको फोन वार्ता

(GMT+08:00) 2017-05-03 20:10:00

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र फिलिन्पिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले मे 3 तारिख फोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, गत वर्ष उहाँले राष्ट्रपति डुटेर्टेसँग दुइपटक भेट-वार्ता गरेर दुइ देशको सम्बन्धको सुधार तथा विकासबारे सहमति प्राप्त गर्नुभएको थियो। हाल दुइ देशबीच राजनैतिक विश्वास र विभिन्न क्षेत्रका सहयोग सबल पारिनुका साथै दक्षिण चीन सागर समस्यासम्बन्धी वार्ता तथा परामर्श मञ्चको स्थापना भइसकेको छ। यो दुइ देश र जनताको मूल फाइदासँग अनुकूल हुनुका साथै अरु एशियाली छिमेकी मुलुकबाट सकारात्मक मूल्याङ्कन गरिएकाको छ।

आशियाको वर्तमान अध्यक्ष मुलुकको हैसियतमा फिलिन्पिन्सको महत्वपूर्ण भूमिकालाई राष्ट्राध्यक्ष सीले प्रशंसा गर्नुभएको छ। ओबिओआर अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा भाग लिन उहाँले राष्ट्रपति डुटेर्टेको स्वागत गर्नुभएको छ।

वर्तमान दुइ देशको सम्बन्धको विकासबारे खुशी लागेको राष्ट्रपति डुटेर्टेले व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, आशियाको वर्तमान अध्यक्ष मुलुकको हैसियामा फिलिपिन्सले आशिया र चीनको सम्बन्धको अझ विकास गर्ने इच्छा लिएको छ। ओबिओआर अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा भाग लिन प्रतिक्षामा रहेको उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु