फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव संसदमा पेश

(GMT+08:00) 2017-05-04 15:13:35
प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव आज बिहीबार संसद बैठकमा पेश हुँदैछ। विभिन्न अभियोगसहित वैशाख 17 गते नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीस कार्की विरुद्ध महाभियोग दर्ता गराएको नेपाल खबर अनलाइनले लेखेको छ।

व्यवस्थापिका-संसद् सचिवालयले प्रस्ताव पेस गर्नेसम्वन्धी सम्वन्धित कार्यसूची प्रकाशन गरेको हो। दिउँसो 3 बजे बस्ने बैठकमा प्रस्तावका प्रस्तावक मीन विश्वकर्माले प्रस्तावको सूचना पेस गर्ने र त्यसपछि सभामुख ओनसरी घर्तीले प्रस्तावमाथि छलफलको मिति तोक्नुहुनेछ।

शुक्रबारदेखि संसद्मा प्रस्तावमाथि छलफल गर्ने तयारी छ। प्रस्तावमा सैदान्तिक छलफलपछि अध्ययन र महाभियोगको आधार पुष्टि हुने नहुनेबारे छलफलका लागि महाभियोग सिफारिस समितिमा पठाइनेछ। समितिले बढीमा एक महिनामा छलफल गरी प्रतिवेदन पेस गर्नुपर्नेछ।

समितिले पेस गरेको प्रतिवेदनका आधारमा महाभियोगको आधार र कारणबारे संसदमा छलफल हुनेछ। छलफलपछि प्रतिवेदनमा मतदान हुनेछ। मतदानबाट प्रतिवेदनसहितको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएमा कार्की पदमुक्त हुनुहुनेछ। अन्यथा महाभियोग असफल हुनेछ।

जानकारी तथा लेखहरु