फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली पूर्वाधार लगानी बैंकको पहिलो ऋण परियोजना अनुमोदित

(GMT+08:00) 2017-05-04 10:16:04

एशियाली पूर्वाधार लगानी बैंकले मे तीन तारिख जनाएअनुसार, पहिलो भारतीय ऋण परियोजना अनुमोदन गरिएको छ। यो ऋण एशियाली पूर्वाधार लगानी बैंकले विश्व बैंकसँग 16 करोड अमेरिकी डलरको रकम संयुक्त रुपमा जुटाउने ऋण हो। यो ऋण भारतको आन्द्र प्रदेशको निरन्तर विजुली आपूर्ति परियोजनामा प्रयोग गरिने छ।

यो परियोजना भारत सरकारले सन् 2014 मा थालेको "सबैका लागि उर्जा" पञ्च वर्षीय योजनामध्येको एक भाग हो।

एशियाली पूर्वाधार लगानी बैंकको वेभासइटमा जनाइए अनुसार, यो परियोजनालगायतका अनुमोदन हुन बाँकी रहेका एघारवटा परियोजनामध्ये छवटा परियोजना भारतमा राखिएका छन्।

जानकारी तथा लेखहरु