फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री र डेनिस प्रधानमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2017-05-04 10:28:55

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले मे तीन तारिख दिउँसो जन वृहत सभा भवनमा चीन भ्रमणमा रहनुभएका डेनमार्कका प्रधानमन्त्री लार्स लोक रास्मुस्सेनसँग भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री लीले दुई मुलुकको चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको दशौं वार्षिकोत्सवलाई सुअवर बनाएर पारस्परिक विश्वासलाई सुदृढ पार्ने, सहयोगलाई सबल पार्ने, आदान-प्रदानलाई विस्तार गर्ने, चीन र डेनमार्कबीचको सम्बन्ध र सहयोगलाई अझै विकास गराउन चीन आशावादी रहेको बताउनुभयो।

डेनिस प्रधानमन्त्री रास्मुस्सेनले डेनमार्क चीनसँग चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको पहिलो उत्तर-यूरोपेली मुलुक रहेको भन्दै डेनमार्कले एक चीनको नीतिलाई पालना गरेको बताउनुभयो। डेनमार्कले चीनसँग वैज्ञानिक तथा प्राविधिक आविष्कार, ऊर्जा स्रोतको सुरक्षा, सूचना तथा सञ्चार, कृषि र मत्स्य, खाद्य-पदार्थको सुरक्षा, औपधी र स्वास्थ्य, पर्यटनआदि क्षेत्रको सहयोगलाई सबल पार्ने बताउनुभयो।

जानकारी तथा लेखहरु