फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा निर्मित विशाल वायुयान सी-919को मे पाँच तारिख पहिलो उडान

(GMT+08:00) 2017-05-04 16:18:00
चिनियाँ वाणिज्य उडान कम्पनीले मे तीन तारिख सार्वजनिक गरेको सूचनाअनुसार, चीनमा निर्मित विशाल वायुयान सी-919को मे पाँच तारिख शांगहाई फु तुङ अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान हुने छ। मौसम पूर्वाधार पूर्ण नहुने हो भने पहिलो उडानको समय पछि सारिने छ।

सन् 2007 फेब्रुअरीमा चीनको राज्य परिषदले विशाल वायुयानको अनुसन्धान तथा उत्पादनको महत्वपूर्ण वैज्ञानिक तथा प्राविधिक परियोजना अनुमोदन गरेदेखि सन् 2017 मे महिनाको पाँच तारिख पहिलो उडानसम्म वैज्ञानिकहरू र प्राविधिकहरूले एक सय दुईवटा केन्द्रीय प्रविधिको योजना बनाएका छन्।

हाल एयर चाइनालगायतका 23 वटा स्वदेशी तथा विदेशी कम्पनी सी-919 विशाल वायुयानको उपयोगकर्ता बनेका छन्। ती कम्पनीहरुले 570 वटा विशाल वायुयान प्रयोग गर्ने सम्झौता गरेका छन्।

जानकारी तथा लेखहरु