फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ युवा दिवसको पूर्वसन्ध्यामा राष्ट्राध्यक्ष सीको युवालाई सन्देश

(GMT+08:00) 2017-05-04 10:20:57
मे चार तारिख युवा दिवसको उपलक्ष्यमा चिनियाँ राजनीतिक विज्ञान तथा कानून विश्वविद्यालय स्थापित भएको पैसट्ठीऔं वार्षिकोत्सवअघि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मे तीन तारिख विहान चिनियाँ राजनीतिक विज्ञान तथा कानून विश्वविद्यालयको भ्रमण गर्नुभएको छ। सो विश्वविद्यालयमा राष्ट्राध्यक्ष सीले केन्द्रीय समितिको तर्फबाट देशका विभिन्न जातीय युवालाई युवा दिवसको शुभकामना पनि व्यक्त गर्नुभएको छ।

कानून वमोजिम देशको शासन पद्धतिलाई अघि बढाएनु नै दीर्घकालीन तथा महत्वपूर्ण ऐतिहासिक कार्यभार रहेकोमा जोड दिँदै राष्ट्राध्यक्ष सीले चिनियाँ विशेषतायुक्त समाजवादी कानुनमा आधारित देशको शासन गर्ने बाटोमा अडिगताका साथ अघि बढाउने विचार व्यक्त गर्नुभएको छ।

चीनको भविष्य युवाको काँधमा रहेकाले युवाहरुले वर्तमान युगको मूल प्रवाहसँग मेल खाने कल्पना गरेर आफ्नो ऐतिहासिक कार्यभार काँधमा राख्नुपर्ने आह्वान पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

जानकारी तथा लेखहरु